"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

News

2019-07-08

सामूहिक साकोसको ५ बर्षे रणनीतिक ब्योजना निर्माण कार्यशाला सम्पन्न असार २३, भक्तपुर – सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.,भक्तपुरको आयोजनमा मिति २०७६÷०३÷२१ र २२ गते ५ बर्षे रणनीतिक ब्यवसायिक योजना कार्यशाला नगरकोट स्थित रत्नागिरी रिसोर्टमा सम्पन्न भएको छ । साकोसले आ.व. २०७६÷०७७ देखि आ.व. २०८०÷०८१ सम्मको ५ बर्षे रणनीतिक ब्यवसायिक योजना निर्माण गरेको हो । संस्थाका संचालक समिति, उपसमिति, सल्लाहकार, सक्रिय शेयर सदस्य तथा उच्च ब्यवस्थापनका कर्मचारीहरु गरी ३३ जनाको सहभागितामा साकोसले उक्त योजना तय गरेको हो । साकोसले “सक्षम, गुणस्तरीय प्रतिस्पर्धि साकोस” को परिकल्पना अनुरुप भक्तपुर जिल्लाकै नमूना साकोस बनाउने सोचका साथ आ.व. २०८०÷०८१ सम्ममा सदस्य संख्या १५००० जना, बचत रु. १ अर्ब १५ करोड, ऋण लगानी रु. १ अर्ब ३० करोड र कुल कारोबार रु. १ अर्ब ५० करोड पुर्याउने योजना तय गरेको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कृष्ण प्रसाद दुवालले गर्नुभएको थियो भने नेफ्स्कुनका पूर्व तालिम अधिकृत एवं संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले कार्यशालाको सहजीकरण गर्नुभएको थियो ।

Recent News

2022-08-08

2022-08-10

2022-08-10

2024-03-06

2024-03-12

2024-03-12

2024-03-14

2024-04-21

2024-04-21

2024-04-21

2024-04-21